लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण नै राष्ट्रिय मुद्दा,गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण नै राष्ट्रिय मुद्दा,गृहमन्त्री

२०८१,१०,१६

गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय मुद्दा रहेको बताएका छन्। शहीद दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निम्ति कटिबद्ध रहेको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने दिशामा दृढतापूर्वक अघि बढेको बताए।

उनले एकताबद्ध भई राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वान गरे। राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै अघि बढ्न जरुरी रहेको बताए। लोकतन्त्रको रक्षा गर्दै शहीदहरुको बलिदानलाई सार्थक बनाउन जरुरी रहेको बताए। गृहमन्त्री लेखकले भने‚ ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय एजेण्डा हो। प्रधानमन्त्रीज्यूको नेतृत्वमा यो संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त हामी कटिबद्ध छौँ।’ गृहमन्त्री लेखकले शहीदहरूले देखाएको बाटोमा अघि बढ्दै सुशासन, स्थायित्व र समृद्धिको मार्गलाई सुदृढ गर्दै जानु सबैको कर्तव्य भएको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);