२०८१,१०,१६
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्। कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आज यहाँ आयोजना गरेको ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’को उद्घाटन समारोहमा उनले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्याउने उल्लेख गरे।
सम्मेलन आज रभोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ। खासगरी केही गरौँ भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ। सम्मेलनमा विभिन्न क्षेत्रका सिकाइ, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुने आयोजकको भनाइ छ।