बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताउनुभएको छ ।सोमवार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परेपनि राष्ट्र बैंक वाह्य क्षेत्रमा सबल रहेको बताउनु भयो ।

उहाँले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गर्नुभयो । उहाँले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताउनु भयो । गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताउनु भयो । अराजकताका यस्ता विषयहरु सधैँ नरहने बताउनु भयो ।

Leave a Reply