नेपालको अर्थतन्त्र लयमा ल्याउन बैंकिङ क्षेत्रको अतुलनिय योगदान छ : गभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

नेपालको अर्थतन्त्र लयमा ल्याउन बैंकिङ क्षेत्रको अतुलनिय योगदान छ : गभर्नर अधिकारी

काठमाडौं, २३ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको ३९ औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकट असर,कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता दुई ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भुकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्टेबल रहेको बताउनु भयो । उहाँले कोभिड–१९ महामारीले बैंकिङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहयकार्यमा कारोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र रिकभर गर्न सफल भएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्र संकटबाट बचाउन सकिएको बताउनु भयो । उहाँले बैंकिङ प्रणालीले सबै संकटहरु समाधान गर्दै आएकाले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको बताउनु भयो ।

उहाँले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको बताउनु भयो । उहाँले यतिबेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखिएको बताउनु भयो । उहाँले पछिल्लो समयमा मुद्रास्फिति बढीरहेको र विभिन्न मुलुकहरुले महँगीको सामना गरेको बताउनु भयो । उहाँले बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);