शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण हुन्छः शिक्षामन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण हुन्छः शिक्षामन्त्री भट्टराई

२०८१,१०,१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छिन्।राष्ट्रिय योग दिवसको अवसरमा काठमडाौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षासँग योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताइन्।

उनले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिक सत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिवद्धता जनाइन्। शिक्षा र स्वास्थ्य आजको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय रहेको बताइन्। योगलाई जीवनमा ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याइन्।

मन्त्री भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएरु अघि बढ्नसके मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउनसकिने उल्लेख गरिन्। शिक्षाको माध्यमबाट नै विगतमा समाजलाई जागरुक गरेको भए पनि अब आम नागरिकमा जागरुकता ल्याउन योग र ध्यानको आवश्यक रहेको बताइन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);