अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार

पौष २४ बुधबार
अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो ।अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रफलमा फैलिएको बताएका छन् ।

अग्नि नियन्त्रकहरूले हेलिकप्टर र दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् ।आगो फैलिएको क्षेत्रमा दुई सय ५० को सङ्ख्यामा विमान र दमकल परिचालन गरिएको छ । तर सुक्खा र एक सय ६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझै फैलिएको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र हावाले अन्त पनि डढेलो फैलिन सक्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।यसअघि मानिसहरू सुरक्षित ठाउँमा जाने प्रयास गर्दा ठाउँठाउँमा गाडीको आवागमन प्रभावित भएको थियो । कतिपयले आफ्नो गाडी छाडेर भागेका छन् । सान्टा आना नामक शक्तिशाली हुरीले डढेलोलाई तीव्र गतिमा फैलाएको खबरमा उल्लेख छ ।

डढेलोको जोखिम अझै उच्च भएकाले चेतावनी जारी गरिएको छ ।विगत केही वर्षयता अमेरिकामा डढेलोको आकार र अवधि बढेको पाइएको छ । सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिरहन्छन् । सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा अहिलेसम्मकै खराब डढेलो लागेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);