निजामतीमा सेवा प्रवेशकाे अधिकतम उमेर ३२ वर्ष कायम गर्ने लोक सेवाको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

निजामतीमा सेवा प्रवेशकाे अधिकतम उमेर ३२ वर्ष कायम गर्ने लोक सेवाको प्रस्ताव

पौष १९ शुक्रबार
लोक सेवा आयोगले निजामतीमा सेवा प्रवेशको अधिकतम उमेर ३२ वर्ष कायम गर्ने प्रस्ताव गरेको छ । निजामतीमा प्रवेश गर्ने अधिकतम उमेर अहिले पुरुषको ३५ र महिलाको ४० छ ।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव गरेका हुन ।

उनले राखेका लिखित प्रस्तावमा महिला र समावेशीतर्फ आउने अपाङ्गतालगायतका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव छ ।यस्तै अध्यक्ष रेग्मीले मुख्य सचिवको अवधि दुई वर्ष र सचिवको तीन वर्षमा झार्न प्रस्ताव गर्नुभएको छ ।

अहिले मुख्य सचिवको पदावधि तीन वर्ष र सचिवको पाँच वर्ष रहेको छ । यस्तै उनले सहसचिवमा खुलाबाट १० प्रतिशत र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);