पौष १८ बिहीबार
काठमाण्डौको पिङ्गलास्थानमा रहेको एक होटलमा युवती मृत भेटिएकी छिन् ।पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा भेटिएको हो ।अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
शरीरमा कतै पनि घाउ चोट नलागेको अवस्थामा युवतीको शव बुधबार भेटिएको थियो । घटनास्थल मुचुल्का गर्ने क्रममा युवतीको मुखबाट फिज निस्किएजस्तो पदार्थ देखिएको प्रहरी अधिकारीको भनाइ छ ।कतै घाउचोट पनि नहुनु ।
बेडमै मृत भेटिनु र मुखबाट फिँजजस्तो पदार्थ देखिएकाले रेडबुलमा मिसाएर कुनै नसालु पदार्थ सेवन गरेरगराएर हत्या भएको हो कि भन्ने आशंका गरेका छौं,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘यद्यपि पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले मृत्युको कारण यकिन हुन बाँकी नै छ ।’बुधबार बागमती होटलको कोठा नम्बर ३०८ मा मृत भेटिएकी युवती नयाँ वर्षको अघिल्लो दिन उक्त होटलमा पुगेकी थिइन् ।
एक युवकसँगै होटलमा पुगेकी ती युवती भोलिपल्ट बुधबार मृत भेटिएकी हुन् । मृत भेटिएकी युवती कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीया सुस्मिता खड्का रहेको प्रहरीले जनाएको छ ।