वसन्तपुरमा टोपी दिवस | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

वसन्तपुरमा टोपी दिवस

२०८१,९,१७

जागरुक युवा अभियान नेपालले १२औं नेपाली टोपी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा काठमाण्डौको वसन्तपुरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

‘नेपाली टोपी लगाऔँ स् पहिचान जागाऔँ’ भन्ने नारासहित यस वर्ष १२औं नेपाली टोपी दिवस मनाइएको हो । दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी ९ढाका टोपी, भाद्गाउँले टोपी० लाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको छ । उनीहरूले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन् ।

उनीहरूले नेपाली टोपी लगाऔँ स् पहिचान बढाऔँ, हाम्रो राष्ट्रिय पहिचान खै, विश्वको पहिचान पढौँ स् नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान स् तपाईं हाम्रो अभियान जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);