दुई सय मानिसले दिएको रगत चढाएर बाँचे : अमिताभ बच्चन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

दुई सय मानिसले दिएको रगत चढाएर बाँचे : अमिताभ बच्चन

केही दिनअघि भारतको मुम्बईमा एउटा च्यारिटी कार्यक्रम भयो । सुन्न सक्ने क्षमता नभएका बच्चाहरूका लागि आर्थिक सहयोग जुटाउन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अभिनेता अमिताभ बच्चन पनि उपस्थित थिए । सामान्य गतिविधि होस् या अभिनय, ७५ वर्षका अमिताभको ठाँट अझै जवान लाग्छ । तर, उनी जीवनमा पटक–पटक ठूला स्वास्थ्य समस्यासँग जुध्दै बाँच्न सफल भएका व्यक्ति हुन् । मुम्बईको कार्यक्रममा अमिताभले ती घटनाबारे खुलाए :

आज धेरैको कुरा सुनेँ कि शरीरको कुनै अंग कसरी चलाइन्छ जो सुन्नै सक्दैनन् । दिवालीको दिन मेरो हातमा पटाका थियो, जुन पड्कियो र मेरो पूरै हात जल्यो । तर, उपचारपछि बिस्तारै–बिस्तारै सबै ठीक भयो ।

जति महिनासम्म मेरो देब्रे हातले काम गर्न सकेन तबसम्म कमिजको टाँक लगाउन र पाइन्ट लगाउन सकिनँ । किनभने म लेफ्ट ह्यान्डवाला थिएँ । दाहिने हातले केही गर्न सक्दिनथेँ । शरीरको एक अंग जब प्रयोग गर्न पाइँदैन, त्यतिवेला कति कष्ट हुन्छ, मलाई थाहा छ।

मेरो जीवन बचाउन करिब ६० बोतल रगत आवश्यक थियो । दुई सय मानिसले दिएको रगत चढाएर म बाँच्न सफल भएँ ।

कौन बनेगा करोडपति सुरु गर्ने समयमा पनि म बिरामी परेँ । सन् २००२ मा त्यो सो गर्दा मेरो मेरुदण्डमा धेरै दुखाइ हुन्थ्यो । कुर्सीमा बस्नै गाह्रो हुन्थ्यो । स्वास्थ्य जाँचपछि थाहा भयो कि मलाई हड्डीको ट्युबरक्लोसिस भएको रहेछ । उपचारपछि टिबीबाट पनि पूर्ण रूपमा मुक्त भएँ ।

०००
मलाई अर्को एउटा घटना सधैँ स्मरण हुन्छ । सन् १९८२ मा फिल्म ‘कुली’को सुटिङको दौरान एक एक्सन सिनमा घाइते भएँ । त्यतिखेर मेरो जीवन बचाउन करिब ६० बोतल रगत आवश्यक थियो । दुई सय मानिसले दिएको रगत चढाएर म बाँच्न सफल भएँ ।

तर, रक्तदान गर्ने एक व्यक्तिको रगतमा हेपटाइटिस बी भाइरस रहेछ । त्यतिखेर पहिचान हुन सकेन । भाइरस मेरो शरीरमा प्रवेश गर्‍यो । एकैचोटि सन् २००५ मा एक सामान्य जाँचमा पत्ता लाग्यो कि उक्त भाइरस मेरो शरीरभित्र रहेछ ।

भाइरसले मेरो कलेजोलाई ७५ प्रतिशत खाइसकेको रहेछ । आज म तपाईंमाझ उभिएर बोलिरहेको छु, केवल २५ प्रतिशत कलेजोको भरमा । रोगको पहिचान सही तरिकाले भएर, सही उपचार पाएपछि बाँकी कलेजो जोगियो । आज म सामान्य मानिसजस्तै आफ्नो जीवन व्यतीत गरिरहेको छु ।नयाँ पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);