राष्ट्रपति पौडेलले नियुक्त गरे ५ देशका लागि राजदूत | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

राष्ट्रपति पौडेलले नियुक्त गरे ५ देशका लागि राजदूत

२०८१,८,२८
राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे राजदूत नियुक्त भएका छन्।

Leave a Reply