हतार नगर्नुस् ! चुनाव सकिनासाथ सरकार छाड्छु : प्रम देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

हतार नगर्नुस् ! चुनाव सकिनासाथ सरकार छाड्छु : प्रम देउवा

काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पुरा हुनासाथ सरकार छोड्ने भएकाले हतार नगर्न दलहरुलाई आग्रह गरेका छन् ।

नेपाल टेलिभिजनको ३३ औ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्माका साथ सरकार गठन भएकाले त्यस अघि सरकार नछाड्ने बताएका छन् ।

उनले अझै राष्ट्रियसभाको निर्वाचन गर्न बाँकि भएकाले त्यस अघि सरकार छाडेन भनेर आरोप लगाउनुभन्दा संविधान राम्रोसंग अध्ययन गर्न विपक्षी दललाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले समयानुकुल, परिमार्जन र परिस्कृत हुँदै संघीय संरचनामा जानुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले टेलिभिजनले आफुलाई संघीय संरचनामा लगेर सबैको साझा टेलिभिजन हो भन्ने भावना सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा टेलिभिजनमा कार्यरत विभिन्न कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट एडभरटाईजिङ एजेन्सीको रुपमा कि एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्र कुमार रिजाललाई सम्मान गरियो ।

यो एजेन्सीले टेलिभिजनसंग गत आर्थिक बर्षमा ७ करोड ४२ लाख २५ हजारको कारोबार गरेको थियो । मिडिया हव र मिडिया टाइम्स प्रालि पनि सम्मानित भएका छन् ।