एनपिएलः लुम्बिनी जनकपुरसँग एक रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०८१, आइतबार

एनपिएलः लुम्बिनी जनकपुरसँग एक रनले पराजित

मंसिर २३,  आइतबार

हर्ष ठाकेरको उत्कृष्ट बलिङमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्टले लगातार चौथो जित हात पारेको छ । जितमा जनकपुर लिगको शिर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले जित नजिक पुगेपनि खराब ब्याटिङको कारण १ रनको झिनो अन्तरको हार व्यहोर्न बाध्य भयो । लगातारको चौथो हारमा लुम्बिनीको प्ले अफमा पुग्ने सम्भावना गणितिय आधारमा मात्र बाँकी छ । जितको लागि १३७ रनको सहज लक्ष्य पनि लुम्बिनीले पूरा गर्न सकेन । २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटियो । ओपनर आशुतोष घिरोहिया ८ रनमा र अर्जुन साउद २० रनमा आउट हुँदा लुम्बिनीले ६४ रन बनाएको थियो । १५ ओभर ४ बलमा कप्तान रोहित पौडेल ३५ रनमा आउट हुँदा लुम्बिनीले १०५ रन बनाइसकेको थियो । बाकी २६ बलबाट ३२ रन जोड्नु थियो । लुम्बिनी बलियो अवस्थामा थियो । तर पनि लुम्बिनीले जित निकाल्न सकेन ।

जनकपुरको लागि हर्ष ठाकेरले १८ औं ओभरमा टम मोरस र जेममस निशमलाई आउट गरे । १९ औं ओभरमा किशोर महतोले बेन कटिङलाई पबिलियनको बाटो देखाइदिए । यो ओभरमा सन्दीप जोराले एक छक्का र चौका प्रहार पनि गरे । अन्तिम ओभरमा ९ रन जरूरी थियो । तर पहिलो बलमा नै हर्षले साद बिन जफरलाई आउट गरे । यसपछि ५ बल सकिँदा ७ रन बनाउँदा अन्तिम बलमा लुम्बिनीलाई जितको लागि २ रन र बराबरीको लागि १ रन जरूरी थियो । जहाँ सन्दीप जोरा ठूलो सट खेल्ने क्रममा किशोर महतद्वारा क्याच आउट भए । योसँगै लुम्बिनी १ रनले पराजित भयो ।

टियु मैदानमा टस जितेर लुम्बिनीले पहिले बलिङ रोज्यो । जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३६ रन बनायो । यो खेलमा अघिल्ला तीन खेलमा भन्दा लुम्बिनीले बलिङमा राम्रो प्रदर्शन ग¥यो । कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरू मिलान्थाले २४ रन,   शुभ कंसाकारले अविजित २२ रन जोड्दा आशिफ शेखले १६ रन बनाए । यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । बलिङमा जारी एनपिएलमा पहिलो खेल खेलेका अविशेष गौतमले ३ विकेट लिए । साद बिन जाफर र रोहित पौडेलले समान २/२ विकेट लिए । जनकपुर ४ खेलमा ४ जितसहित ८ अंक बनाएर लिगको शिर्ष स्थानमा उक्लियो । चार खेलमा लुम्बिनीले अंकको खाता खोल्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);