राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०८१, शनिबार

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

२०८१,०८,२२
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारपछि आज डिस्चार्ज भएका छन । उनी गएको बुधवार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

उनको बुधवार नै प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज दिउँसो डिस्चार्ज भएको जानकारी दिएका छन। राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मीलगायतप्रति आभार व्यक्त गरेका
छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);