प्रिमियर लिगमा आर्सनल स्वान्सीसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

प्रिमियर लिगमा आर्सनल स्वान्सीसँग पराजित

एजेन्सी, १७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेसन जोनमा रहेको स्वान्सी सिटीले आर्सनललाई ३–१ ले पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा आर्सनललाई ३–१ ले हराएर स्वान्सी रेलिगेसन जोनबाट बाहिरिएको छ । खेलको ३३ औं मिनेटमै आर्सनलका मोनरियलले गोल गरे पनि आर्सनलले अग्रता कायम गर्न सकेन । स्वान्सीका लागि क्लुकासले ३४ औं र ८६ औं तथा जे एयूले ६१ औं मिनेटमा गोल गरे । जीतसँगै रेलिगेसनबाट बाहिर निस्किएको स्वान्सी २३ अंकसहित खेल तालिकाको १७ औं स्थानमा उक्लिएको छ । ४२ अंक भएको आर्सनल भने छैठौं स्थानमा छ ।

यस्तै लिभरपुलले हर्डसफिललाई ३–० ले पराजित गरेको छ । लिभरपुल ५० अंक सहित चौथो स्थानमा रहेको छ । मंगलबार राति नै भएको क्रिस्टल प्यालेस र वेष्ट ह्यामबीचको खेल १–१ को बराबरमिा टुंगियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);