गलत हर्कत गरे एमालेकैलाई पनि छोड्दैनौँ, मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

गलत हर्कत गरे एमालेकैलाई पनि छोड्दैनौँ, मन्त्री गुरुङ

२०८१,७,२६

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन्।सोमवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासको जवाफ दिँदै उहाँले यस्तो बताएका हुन्। उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए।

उनले समाज, राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने छुट कसैलाई नरहेको पनि बताए। उनले गलत क्रियाकलाप गर्नेहरुलाई आफ्नै पार्टीका भए पनि सरकारले नछोड्ने बताए।उनले भने, ‘वर्तमान सरकार दृढसंकल्पित छ। साथ, समर्थन र सुझाव भइरह्यो भने गलत कुराहरुको रोकथाम र नियन्त्रण गर्नेकुरामा लाग्नेछौँ । अहिलेका सबैकुरा एकै दिनमा हुँदैनन्। हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई अझ अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन । कोशी प्रदेशको कानूनमन्त्रीको कुरा गर्नुभएको होला । त्यो एउटा संकेत हो । यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस् की, कुनै मन्त्री, मुख्यमन्त्री होस्, त्यसले छुट पाउँदैन।ु

सञ्चारमन्त्री गुरुङले गलत प्रवृत्ति नियन्त्रणमा सरकार गम्भीरताका साथ लागेको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);