राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ८ २०८१, बिहीबार

राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु

२०८१,०७,०८
दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।लमही नगरपालिका (२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

लमही नगरपालिका (२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा(४ खडकपुर हाल लमही नगरपालिका (५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिए।

मृतक कृष्टी चौधरी कक्षा ८ मा, झरना चौधरी कक्षा ४ र निशा कक्षा ६ मा पढ्ने विद्यार्थी हुन् । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);