सत्ता लिप्साका कारण मुलुक संकटको चक्रव्युहमा : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

सत्ता लिप्साका कारण मुलुक संकटको चक्रव्युहमा : कमल थापा

kamal thapa

काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष कमल थापाले सत्ता लिप्साका कारण मुलुक संकटको चक्रव्युहमा परिरहेको बताएका छन् ।

शहीद दिवसको अवसरमा धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले राजनीतिक दलका नेतामा देखिएको सप्तालिप्साले मुलुकलाई संकटतर्फ धकेल्दै लगेको आरोप लगाए ।

नयाँ जनादेश पछि पनि सत्तामै बसिरहेको भन्दै एमाले माओवादी केन्द्र लगाएतले सत्तारुढ दललाई सत्तालिप्सामा चुर्लुम्म डुबेको भनि आलोचना गरिरहेका बेला सत्ता साझेदार दलका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्रीकाे यस्तो अभिव्यक्ति आएको हो ।

उनले विगतका त्रुटीले नेपालको राष्ट्रिय एकता र अखण्डतामा प्रश्न चिन्ह उठेकाले भ्रष्टाचार बढ्दै गएको बताए । दलिय स्वार्थभन्दा माथि उठेर काम गर्नसके मात्रै शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);