विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यकः निर्देशक अधिकारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यकः निर्देशक अधिकारी

कार्तिक १, बिहीबार

विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यक भएको विज्ञहरुले बताएका छन् ।असोज २८ देखि फिलिपिन्सको मनिलामा शुरु भएको विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा विज्ञहरुले सो धारणा राख्नुभएको हो । बैठकमा विपद् जोखिम न्युनिकरणमा वित्तीय व्यवस्थापनको मुद्दालाई पहिलो प्राथमिकता दिइएको छ । विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी बन्नुभएका विपद् व्यवस्थापन अध्ययन केन्द्रका निर्देशक डा. वसन्तराज अधिकारीले विपद् जोखिम न्युनिकरणमा वित्तीय श्रोत जुटाउने विषय प्रमुख प्राथमिकतामा परेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालका प्रतिनिधिसँग मनिलामा बोल्दै उहाँले बैठकमा मुख्य तीन विषयमा छलफल जारी रहेको जानकारी दिनुभयो । जसमा वित्तीय व्यवस्थापन, समाजमा रहेका सीमान्तकृत र विभिन्न समुदायका सबै मानिसलाई सँगै लगेर विपद् जोखिम न्युनिकरण गर्ने र शहर र गाउँको संकटासन्न अवस्थालाई उत्थानशिल बनाउने विषय प्रमुख रहेका छन् ।

निर्देशक अधिकारीले बैठक यिनै तीन कुराहरुमा अधिकांश देशका प्रतिनिधिहरुले आफ्ना कार्यपत्रहरु प्रश्तुत गर्नुभएको र नेपालले सोही विषयवस्तुलाई टेकेर कार्यपत्र प्रश्तुत गरेको बताउनु भयो । उहाँकाअनुसार जारी बैठकमा नेपालको उपस्थिति राम्रो रहेको छ । नेपालमा विपद् जोखिम न्युनिकरणमा धेरै समस्या रहेको भन्दै तथ्यांकीय र वैज्ञानिक विश्लेषण गरी आगामी बैठकहरुमा विषयवस्तुहरु उठाउन सक्नुपर्ने उल्लेख गर्नुभयो । मित्रराष्ट्रहरुसँग छलफल र सहकार्य गरी विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम अघि बढाउन उचित हुने सुझाव निर्देशक डा. अधिकारीको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले समेत नेपालको नाम तोकेर नेपाल जस्ता हिमाली देशहरुमा हुने बाढी पहिरोको कुरालाई उद्घाटन सत्रमा आवाज उठाउनुभएको बताउनु भयो । नेपालले नेपालजस्तै विपद्बाट संकट व्यहोरिरहेका देशहरुले गरेका सफल पहलकदमीहरु नेपालले लागू गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पनि सम्मेलनमा सहभागी भएको छ । हरेक २ वर्षमा हुने यो सम्मेलन आज सकिँदैछ । सम्मेलनमा नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले नेपालको स्थितिपत्र प्रश्तुत गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);