२५ वर्षको अवधिमा नेपालमा मातृ मृत्युदरमा उल्लेख सुधार | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

२५ वर्षको अवधिमा नेपालमा मातृ मृत्युदरमा उल्लेख सुधार

२०८१,०६,१०

नेपालमा मातृ मृत्युदरमा उल्लेख सुधार आएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लालले
गर्भपतनलाई महिलाको अधिकारका रूपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताए ।

नेपालमा प्रति एक लाख जीवित जन्ममा सन् १९९६ मा पाँच सय ३९ मातृ मृत्युदर रहेकोमा सन् २०२१ मा एक सय ५१ मा झारेर उल्लेख्य सुधार गर्न सफल भएको उनले बताए। सन् २०३० सम्म मातृ मृत्युदर प्रति एक लाख ७० जनामा झार्ने लक्ष्य लिएको उनको भनाइ छ ।महाशाखाका निर्देशक डा। लालले असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्यमा हुने प्रजनन रुग्णताको न्यूनीकरण गर्न पनि सफल भएको बताए । उनका अनुसार गएको आर्थिक वर्षमा एक लाख पाँच हजार जना महिलाले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।आज दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

Leave a Reply