राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २७ २०८१, मंगलबार

राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न ध्यानाकर्षण

२०८१,६,८
राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्त समेतका आधारमा सिफारिस गर्न संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार सिंहदरबारमा बसेकोसमितिको बैठकले समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा राजदूत सिफारिस गर्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले राजदूत सिफारिस गर्दा संविधानको धारा २८२ को उपधारा १ बमोजिम समावेशी र संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा ३ को उपदफा १ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न सरकारलाई निर्देशन दिएको जानकारी गराइन् ।

न्यौपानेले सरकारले राजदूत नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न सिफारिस गर्दा सम्बन्धित व्यक्तिको योग्यता लगायतका कागजात पनि उपलब्ध गराइदिन निर्देशन दिएको बताइन् ।समितिले सरकारले १४ साउनमा श्रीलंकाका लागि नेपाली राजदूत पदमा रामकृष्ण भट्टराईलाई सिफारिस गरेको थियो । तर समितिले उनीसँग स्नातक उतीर्णको प्रमाणपत्र माग गरेको थियो ।प्रमाणपत्र दिन नसकेपछि उनी आफैंले नाम फिर्ता लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);