मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आजदेखि निर्जल र निराहार उपवास शुरू | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आजदेखि निर्जल र निराहार उपवास शुरू

२०८१,६,८

मिथिला क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास शुरू भएको छ । यो पर्वका बर्तालु आमाले आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष डा।बालकृष्ण साह बताउनुहुन्छ ।

निराहार व्रत शुरू गरिएपछि समापन नहुउञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधि हिजो गरि यो पर्व शुरू भएको हो । धार्मिक विधिअनुसार आज बिहान ४ बजेदेखि भोलि बेलुका ५ बजेसम्म बर्तालुहरु अन्न र पानीसमेत नखाएर उपवास बस्ने गर्छन् ।

जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा हिजो ओगठन, आज जितिया व्रत र भोलि बेलुका ५ बजे व्रत पारण अर्थात् समापन विधि हुने उल्लेख छ । तिथिअनुसार यसवर्ष आज र भोलि दिनभरि उपवास बसेर भोलि बेलुका व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिनुभयो ।

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);