जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै ३ करोड ६२ लाख ५० हजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै ३ करोड ६२ लाख ५० हजार पुग्यो

२०८१,५,३१
जापानमा वृद्धवृद्धाको सङ्ख्या बढेर अहिलेसम्मकै धेरै तीन करोड ६२ लाख ५० हजार जना पुगेको छ । जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै भएको र यसमा ६५ वर्ष या योभन्दा धेरै उमेरका व्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको झन्डै एक तिहाइ अर्थात् २९ दशमलव ३ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको समाचार संस्था एएफपीले जनाएको छ ।

विश्वका २ सय देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ । इटाली, पोर्चुगल, ग्रीस, फिनल्यान्ड, जर्मनी र क्रोएशियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका देशका रूपमा प्रतिनिधित्व गरेका छन् ।

यस्तै दक्षिण कोरियामा १९ दशमलव ३ प्रतिशत र चीनमा १४ दशमलव ७ प्रतिशत वृद्धवृद्धाको जनसङ्ख्या रहेको छ ।जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसका लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ ।

जापानको सरकारी तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाख जनामा झरेको छ ।हिजोको तथ्याङ्कअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन् । उनीहरूले कुल श्रमशक्तिको १३ दशमलव ५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन् ।

जापान सरकारले आफ्नो जनसङ्ख्याको ह्रास र वृद्धवृद्धाको जनसङ्ख्यालाई सन्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भए पनि यसले सार्थकता पाउन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);