रौतहटमा दाइजो विरोधी अभियान | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

रौतहटमा दाइजो विरोधी अभियान

dowerey system

राकेश यादव
रौतहट , १६ माघ । रौतहटको वृन्दावन नगरपालिका ७ धमौराको मुस्लिम महिलाहरु समूह नै गठन गरेर दाइजो विरोधी अभियानमा जुटेका हुन् । समूहले अहिलेसम्म ४ जना किशोरीको दाईजो बिना नै विवाह गराएका छन् ।

महिला समूहले दाइजोसँगै, बालबिबाह, बहुबिबाह, महिलाहिंसा सरसफाइ, बचत, आयआर्जन, गरीबि, शिक्षा लगायतका अभियान चलाएका छन् । गाउमा दाईजो प्रथा हटाउने अभियान चलाएपछि किशोरीहरु खुसी भएका छन् ।दाईजो प्रथा हटाएपछि महिला हिंसाका घटनामा पनि कमि आएकोे छ । दाईजो माग्नेसँग विवाह नै नगर्ने भएपछि दाइजोको लेनदेन घटेको स्थानीयको भनाई छ ।

अधिंकाश मुस्लिम समुदायको बसोबास रहेको धमौरा टोलमा महिलाहरुले नमूना काम गरेका छन । ईश्लाम धर्मले दाइजोको लेनदेनलाई गुनाह अर्थात पाप भनेको छ । अर्कोतर्फ नेपालको संविधानमा महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा समान हुुनुपर्ने व्यवस्था गरेको छ । त्यसैले कानुनमा मात्र हैन दाइजो कुप्रथालाई समाजबाट निराकरण गुर्न आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);