भदौ २२, २०८१ काठमाडौं ||
उपसभामुख इन्दिरा रानाले वायु प्रदुषणसम्बन्धी नीति बनाइने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदुषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तन र वायु प्रदुषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताउनु भयो । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताउनु भयो ।
उपभासमुख रानाले महिला, बालबालिकाहरुका लागि सरकारले छुट्याएको बजेट कम रहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले कानून बनाएर मात्रै नहुने भन्दै बनाएका कानूनहरुको कार्यान्वयन गर्न जोड दिनुभयो ।
वायु प्रदुषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछः उपसभामुख राना
ताजा समाचार
उपसभामुख पदकाे निर्वाचन चैत २७ गते हुने
११ घन्टा अघि




