गौरा पर्वको कार्यक्रममा बिरोध जनाउने युवाहरुलाई तत्काल रिहा गर्न सांसद ढकालको माग | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

गौरा पर्वको कार्यक्रममा बिरोध जनाउने युवाहरुलाई तत्काल रिहा गर्न सांसद ढकालको माग

भाद्र १२, २०८१ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गर्नुभएको छ ।बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले विरोध भाषण गरेका भन्दै युवाहरुलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताउनु भयो । उहाँले युवाहरुका बिरोधका बोली सरकारले सुन्नुपर्ने बताउनु भयो ।

उहाँले स्वदेशमा अवसर र रोजगारीबाट वञ्चित युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गरिएको भन्दै सो कारण समाउन नपाइने बताउनु भयो । उहाँले युवाहरुलाई त्रसित नबनाउन पनि आग्रह गर्नुभयो ।उहाँले विभिन्न जिल्लामा स्टाटस लेखेको भरमा युवाहरुलाई समातिएको भन्दै यस्तो रवैया नदेखाउन सरकारलाई चेतावनी दिनुभयो ।

Leave a Reply