अर्थमन्त्रीको आग्रहः मन्त्रीहरुलाई काम गर्न दबाब दिनुस्, भाषण गर्ने कार्यक्रममा नबोलाउनुस् | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

अर्थमन्त्रीको आग्रहः मन्त्रीहरुलाई काम गर्न दबाब दिनुस्, भाषण गर्ने कार्यक्रममा नबोलाउनुस्

भाद्र ११, २०८१ मंगलबार

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काम गर्न दबाब दिन आग्रह गर्नुभएको छ ।मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरुलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित दिन निजी क्षेत्रहरुलाई आग्रह गर्नुभयो । उहाँले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिनु भयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देश, जनता र कानूनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरुलाई राज्यले साथ र संरक्षण गर्ने बताउनु भयो ।

उहाँले अहिलेको संसदबाट बनेको पछिल्लो सरकारले सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको बताउनु भयो ।उहाँले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसावले वर्तमान सरकार अघि बढ्ने पनि बताउनु भयो । नेपालमा गुणस्तरीय उत्पादन गर्नसके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताउनु भयो । अर्थतन्त्रका सबै सूत्रहरुमा यथेष्ठ अध्ययन र विश्लेषण गरी निर्णयमा पुग्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);