काँग्रेस र एमालेलाई सांसद सिंहको सुझाव–त्रिविको जग्गा बाँड्नुस् र पार्टी कार्यालय बनाउनुस् | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

काँग्रेस र एमालेलाई सांसद सिंहको सुझाव–त्रिविको जग्गा बाँड्नुस् र पार्टी कार्यालय बनाउनुस्

भाद्र ६, २०८१ बिहीबार

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)लाई त्रिभुवन विश्वविद्यालयको सम्पती आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले काँग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर लिन सुझाव दिनुभएको हो । उहाँले नेपाली विद्यार्थीहरुलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिनुभयो ।

उहाँले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरुले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको बताउनु भयो । उहाँले हदम्याद राखेर भ्रष्टाचारलाई चोख्याउन दिनु नहुने बताउनु भयो । सांसद सिंहले भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);