मोदी पोल्यान्डमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८१, बुधवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्यान्डको भ्रमणका लागि वार्श पुग्नु भएको छ ।
रोल…
भारतीय प्रधानमन्त्रीले पोल्यान्डको भ्रमण गरेको यो ४५ वर्षयता पहिलो पटक हो । सन् १९७९मा तत्कालीन प्रधानमन्त्री
मोरारजी देसाइले पोल्याण्ड भ्रमण गर्नु भएको थियो । भारत र पोल्याण्डबीच मैत्रिपूर्ण सम्बन्ध स्थापना भएको ७० बर्ष पुगेको अवसरमा मोदीको यो भ्रमण भएको हो । विशेष गरि युक्रेनको भ्रमणका क्रममा मोदी पोल्यान्ड पनि पुगेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निम्तोमा युक्रेन जान लागेको मोदीले बताउनु भएको छ । उहाँ पोल्याण्ड भएर युक्रेन जानु हुनेछ । मोदीले युक्रेन भ्रमण पुरानो छलफललाई अगाडि बढाउने र भारत–युक्रेन मित्रतालाई अझ गहिरो बनाउने अवसर हुने उल्लेख गर्नुृभएको छ । भ्रमणमा युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानबारे आफ्नो दृष्टिकोण पनि प्रस्तुत गर्ने भनिएको छ । छिट्टै यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना हुने मोदीले विश्वास ज्यक्त गर्नु भएको छ । भारतीय प्रधानमन्त्री युक्रेन भ्रमणमा जान लागेको भने यो ३० वर्षयतो पहिलो पटक हो । युक्रेनी सेनाहरू रुसभित्र छिरेर हमला गरिरहेकै समयमा मोदीको यो भ्रमण हुन लागेको हो । युक्रेनले रुसको केही क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । यस्तोमा रुसले छिट्टै युक्रेनमा ठूलो आक्रमण गर्न सक्ने आशंका गरिएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);