बुढानिलकण्ठ नगरपालिकाद्वारा अदालतको आदेश अवज्ञा | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८१, बिहीबार

बुढानिलकण्ठ नगरपालिकाद्वारा अदालतको आदेश अवज्ञा

३१ साउन, काठमाडौँ

काठमाण्डौं ,बुढाकण्ठनगरपालिकाले अदालतको आदेशको वेवास्ता गर्दे स्थानीय चन्द्रबहादुर थापाको जग्गामा बनाइएका टहरा हटाएको छैन् । पटक पटक अदालतको आदेश वेवास्ता गर्दै आएको नगरपालिकाले पछिल्लो पटक त अदालतको निर्णयको अवज्ञा नै गरेको छ । गत जेठ ११ गते शुक्रबार न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले ६० दिन भित्र टहरा हटाउन आदेश दिदै नटेरेमा नगरप्रमुख मिठाराम अधिकारी लगायतलाई १–१ महिनाको कैद सजाय सुनाइसकेको छ । तर ६० दिन भन्दा बढी भइसक्दा पनि नगरपालिकाले टहरा हटाउन अटेर गरेको देखिन्छ ।

स्थानीय चन्द्रबहादुर थापासँगको जग्गा सम्बन्धी मुद्दामा नगरपालिकाले अदालतको आदेशको पालना नगरेको हो । थापाको जग्गा सार्वजनिक उपयोगका लागि भन्दै नगरपालिकाले हडपेको छ । तर अहिलेसम्म पनि सो जग्गा चन्द्रबहादुर थापाको परिवारले भोगचलन गर्न पाएको छैन् । स्थानीय सरकारले नै स्थानीयवासी चन्द्रबहादुर थापालाई न्यायको प्रत्याभुति गराउँनु पर्नेमा पिडित बनाएको छ । । विगत लामो समयदेखि अधिकारका लागि लडिरहेका चन्द्रबहादुर अदालत पुग्दा समेत न्यायको अनुभुति गर्न पाएका छैन ।

यस्तो अबस्था राज्य किन मौन?, अनि पिडित चन्द्रबहादुर थापाले आफ्नो जग्गाको लागि कहिलेसम्ममा लडिरहने?। अदालतको निर्णयको विरुद्धमा अभिनेहरु कहिले कार्वाहि हुने राज्यका संयन्त्रले जवाफ दिनु पर्दैन् र पिडित चन्द्रबहादुर थापाको परिवारले कहिले न्याय पाउने ?

Youtube link:

https://youtu.be/j8Sr3XIHT08?si=ZXBTMfDHVX81sj8Ihttps://www.youtube.com/watch?v=j8Sr3XIHT08&t=768s

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);