महामन्त्रीको जिम्मेवारी खोस्ने रास्वपाको निर्णयविरुद्ध मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८१, बुधवार

महामन्त्रीको जिम्मेवारी खोस्ने रास्वपाको निर्णयविरुद्ध मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

श्रावण १३, २०८१  राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न निर्वाचन आयोगमा निवेदन दिनु भएको छ ।
आइतबार निर्वाचन आयोगमा दर्ता भएको निवेदनमा ढकालले पदमुक्त गरिएकोबारे आफूलाई जानकारी नभएको भन्दै यदी त्यस्तो कुनै पत्र आएमा अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्न आग्रह गरिएको छ ।

निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई निवेदन गर्नूृभएको छ ।

ढकलको पत्रमा राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम सफाइ पेस गर्ने मानसिव मौका नदिइएको भनिएको छ ।

नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्ने उल्लेख छ ।

कारबाही
विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);