त्रिशुली नदिमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको १७ औं दिन पुरा, अझै दुई बस र ३७ यात्रु भेटिएनन् | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

त्रिशुली नदिमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको १७ औं दिन पुरा, अझै दुई बस र ३७ यात्रु भेटिएनन्

श्रावण १३, २०८१  चितवनको सिमलताल स्थित त्रिशुली नदिमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको १७ औं दिन पुगेको छ ।

तर नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ । बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको मात्र शव भेटिएको छ । त्यसमध्ये पनि ४ शवको अझै सनाखत हुन सकेको छैन ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरिरहेका छन् । लामो समयसम्म पनि बस र यात्रु नभेटिएपछि लगातार खोजी कार्य गर्दै आएका सुरक्षाकर्मीहरु आजित भईसकेका छन् ।

खोजीका लागि आएको भारतीय टोली आज फर्किने तयारीमा रहेको छ । नेपाली टोलीले पनि आजदेखि खोजी कार्य रोक्ने वा के गर्ने भन्ने विषयमा आज सरोकारवालाबीच छलफल गर्ने तयारी भएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);