असोज ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८१, सोमबार

असोज ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक

श्रावण १३, २०८१  असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्मको नयाँ पोष्टरमा नायक हरिहर अधिकारी केन्द्रमा छन् । उनको एक्सन स्टाइल यो पोष्टरमा देख्न सकिन्छ ।

फिल्मको पोष्टरमा साउथका चर्चित कलाकारहरू प्रदीप राउत, सुनिल वर्मा, अली र नेपालका चर्चित कलाकार प्रशान्त ताम्रकारको पनि एङ्ग्री अवतार हेर्न सकिन्छ । यसले, फिल्ममा हरिहरको एक्सन पाटो पनि विशेष छ भन्ने बुझ्न सकिन्छ ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको अघिल्लो पोस्टरमा हरिहरको धार्मिक अवतार प्रस्तुत गरिएको थियो । यसले, फिल्ममा हरिहरको दुई वटा रुप रहेको बुझ्न सकिन्छ ।

यो फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारीको साथमा विपना थापा, संचिता लुइटेल, गरिमा शर्मा, किरण केसी, साउथका कलाकार ब्रमानन्दमको पनि मुख्य भूमिका छ

। निर्माणपक्षले एकपछि अर्को पोस्टर मात्र सार्वजनिक गरिरहेको छ । फिल्मको पोस्टरबाट फिल्म भित्रको विविधता झल्काउने प्रयास गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);