मनसुन गतिविधि सक्रिय हँदा आगामी तीन दिन रातको समयमा भारी वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८१, बिहीबार

२०८१ श्रावण १३ आगामी तीन दिन रातको समयमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

कुनै–कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाका अनुसार आगामी केही दिन तुलनात्मक रुपमा मनसुन गतिविधि बढि सक्रिय हुने छ ।

हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास नै रहेपनि मनसुनी गतिविधि भने केही सक्रिय हुने छ ।

आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);