आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मानमा विभिन्न कार्यक्रम गरेर मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मानमा विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपुर्णिमा ज्ञान दिने गुरुको सम्मान गरि मनाईँदै छ ।  १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा पनि गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता रहेको छ ।

मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु मानिन्छ ।

वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्र निर्माणमा माता, पिता र गुरुको मुख्य भूमिका रहने मानिएको छ । मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । साथै व्रतबन्धका बेला गायत्री मन्त्र दिने, वेद पढाउने र निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु मानिन्छ ।

गुरुका प्रकारमा शास्त्रमा अनेक भेद बताइएका छन् । ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि–महर्षिहरूलाई गुरु मानिएको छ । ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ ।

गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरूले जगतकै गुरु मान्छन् ।कतिले पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्छन् ।

बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन् । आधुनिक समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरु सम्बोधन गर्ने चलन रहेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);