समाजवादी मोर्चाद्वारा आगामी योजना र कार्यक्रम बनाउन ४ सदस्यीय कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

समाजवादी मोर्चाद्वारा आगामी योजना र कार्यक्रम बनाउन ४ सदस्यीय कार्यदल गठन

समाजवादी मोर्चाले आगामी योजना र कार्यक्रम बनाउन ४ सदस्यीय कार्यदल बनाएको छ ।

मंगलवार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालयमा बसेको मोर्चाको बैठकले विगतका अनुभवहरुलाई समीक्षा गरेर नयाँ कार्यक्रम र योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

समग्र समीक्षालाई दस्ताबेजीकरण गरेर आगामी योजना र कार्यक्रम १५ दिनभित्र तय गर्नेगरी कार्यदल बनाइएको हो । कार्यदलमा नेपाल कम्युनिष्ट पार्टीका नेता खड्ग विश्वकर्मा, नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ, प्रमेश हमाल र देव गुरुङ हुनुहुन्छ ।

बैठकमा नेपाल नेपालको राष्ट्रिय राजनीतिमा हालै भएको घटना, माजवादी मोर्चाको विगतको काम कारबाही र समग्र देशको स्थितिको बारेमा समीक्षा भएको छ ।

बैठकले नयाँ राजनीतिक घटनाक्रमले प्रगतिशिल यात्रातिर अघि बढिराखेको देशलाई यथास्थिति र पश्चगमन एवं विगतको आन्दोलन र उपलब्धिलाई चुनौति दिनेतिर उद्धत रहेको निस्कर्ष निकालेको छ ।

बैठकले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समाजवादी मोर्चा नेपालमा आवद्ध गर्ने निर्णय गरेको छ । जनता समाजवादी पार्टी, नेपाल र मोहन विक्रम सिंहले नेतृत्व गरेको पार्टीलाई पनि समाजवादी मोर्चामा ल्याउने गरी छलफल अघि बढाउने निर्णय भएको छ ।

बैठकले बाढी पहिरो लगायतका घटनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै छिटो उद्धार र राहतका लागि सरकारलाई अपिल गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);