अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि | ईमाउण्टेन समाचार

Our Network

साउन ३२ २०८१, शुक्रबार

अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ ।

अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा ४८औं संस्करणको कोपा २०२४ मा अर्जेन्टिनाले कोलम्बियालाई १–० ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० ले हराएको हो ।

अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् ।

लिसान्द्रो मार्टीनेजले मैदानको मध्यभागमा गरेको उत्कृष्ट ट्याकल पश्चात उत्पन्न मौकामा उनले गोल गरेका थिए । ६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका कारण गुमाएको अर्जेन्टिना उपाधि जित्न भने सफल भयो ।

१९९४ पश्चात कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो । फाइनलमा गोल गर्ने लौतारोले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बनेका छन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);