महाकाली करिडोर निर्माण कार्य रोकियो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

महाकाली करिडोर निर्माण कार्य रोकियो

नरी बडु

बैतडी, १५ माघ । सरकाको मुख्य प्राथामिकतामा रहेको महाकाली करिडोर निर्माणको काम स्थगित भएको छ । विस्तृत वातावरणीय प्रभाव मुल्यांकन नहुँदा करिडोरको निर्माण कार्य स्थगित भएको हो ।

कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्न महाकाली करिडोरकोे निर्माण सुरु गरिएको हो । तर करिडोरको वातावरणीय प्रभाव मुल्याङ्कन नहुँदा निर्माण कार्य प्रभावित भएको हो । कंञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुला टिंकरसम्मको ४ सय २६ किलोमिटर सडकखण्डको निर्माण कार्य रोकिएको छ । वातावरणीय प्रभाव मूल्यांकनपछि मात्रै काम गर्न दिने वन कार्यालय बैतडीले जनाएको छ ।

महाकाली करिडोर अन्तर्गत हालसम्म बैतडीको त्रिपुरासुन्दरीबाट १० किलोमिटर ट्रयाक खोलिएको छ । दार्चुला टिंकर सडक निर्माणको लागि विष्फोटक पदार्थ अभावमा ८ बर्षमा १८ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ ।

ठुला योजना निर्माण सुरु गर्नुभन्दा पहिले वातावरणीत प्रभाव मुल्याङ्कन गर्नुपर्ने हुन्छ । वातावरणीय प्रभाव मुल्याङ्कन तयार गरी कामलाई अगाडी बढाउन स्थानीयले माग गरेका छन् ।

बैतडी, दार्चुला, डडेल्धुरा जस्ता मध्य बहाडी र हिमाली जिल्लाहरुलाई माहाकाली करिडोर द्रुत मार्ग बनेपछि निकै सहज हुने छ । त्यसैले वातावरणीय प्रभाव मुल्याङ्कन छिटो तयार पारेर कामलाई अगाडी बढाउन ढिलाई गरिनु हुन्न।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);