भारतको मेघालयमा चार जना नेपालीको बीभत्स हत्या, मारिने ४ जना ईलाम, धरान र भोजपुरका | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

भारतको मेघालयमा चार जना नेपालीको बीभत्स हत्या, मारिने ४ जना ईलाम, धरान र भोजपुरका

असार २३ भारतको मेघालयमा चार जना नेपालीको हत्या गरिएको छ ।

मेघालय राज्य अन्तर्गत सिलोङ स्थित सुतङा जयन्तिया हिल्सम उनीहरूको बीभत्स हत्या गरिएको हो ।

पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

घटना भएको स्थान मेघालयको राजधानी सिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपालीहरु भएको प्रारम्भिक सूचना छ ।

ती मध्ये एक जना ईलामका रवि राई रहेको बताईएको छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका थिए ।

यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगिसकेको छ । ०००

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);