देश/समाज

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धनमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘‘यो राजनीतिक स्थायित्वको लागि ठीक छैन । नयाँ गठबन्धन देश र जनताको हितमा छैन । यसले देशलाई राजनीतिक स्थायित्व दिँदैन भन्ने निष्कर्ष छ ।

अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’’, बैठकपछि परियारले भने ।

Related Post
Share

This website uses cookies.