१७ वर्षपछि भारतले जित्यो आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि, दक्षिण अफ्रिका ७ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

१७ वर्षपछि भारतले जित्यो आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि, दक्षिण अफ्रिका ७ रनले पराजित

भारतले १७ वर्षपछि आइसिसी टी–२० विश्वकपको उपाधि हात पारेको छ ।

फाईनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले सन् २००७ पछि पहिलो पटक उपाधि जितेको हो ।

पहिलो संस्करणमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए । २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे । क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका हार्दिक पाण्ड्ेयाले सर्वाधिक तीन विकेट लिए । अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई÷दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

भारतका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे ।

अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे । अन्य खmोडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । केशव महराजा र एनरिर्च नोर्ट्जेले समान दुई विकेट लिए । मार्को जोन्सन र कागिसो रबाडाले समान एक÷एक विकेट लिए । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);