आफूखुशी गैरहाजिर रहेका कर्मचारीलाई सम्पर्कमा आउन नेपाल प्रहरीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

आफूखुशी गैरहाजिर रहेका कर्मचारीलाई सम्पर्कमा आउन नेपाल प्रहरीको निर्देशन

नेपाल प्रहरीले आफूखुशी गैरहाजिर रहेका १३ कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले जवानदेखि सहायक निरीक्षकसम्मका १३ कर्मचारी दुई महिनादेखि गैरहाजिर रहेको भन्दै एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

आफूखुशी गैरहाजिर रहनेमा एक सहायक निरीक्षक, दुई सहायक हवलदार र आठ जवान रहेका छन् । त्यस्तै दुई जना प्राविधिक जवान पनि रहेका छन् ।

कार्यालयले खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा समेत ती प्रहरी कर्मचारी सम्पर्कमा नआएको जनाएको छ ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफूखुशी गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको हो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);