सबै स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै,स्थानीय तहको बजेट यस अघिनै पेस | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

सबै स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै,स्थानीय तहको बजेट यस अघिनै पेस

सबै स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन् ।

आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सात सय ५३ स्थानीय तहले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । ३८ स्थानीय तहले बजेट पेस गरिसकेका छन् भने अब सात सय १५ स्थानीय तहले बजेट पेस गर्न बाँकी रहेको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिक अनुसार कोशी प्रदेशका २, मधेशका ६, बागमतीका ६, गण्डकीका १४, लुम्बिनीका ३, कर्णालीका १ र सुदूरपश्चिम प्रदेशका ३ स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

पछिल्ला वर्षमा धेरै स्थानीय तहले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

समयमा बजेट सार्वजनिक नगर्ने स्थानीय तहमा शिक्षक तथा कर्मचारीलाई तलब दिन नसक्नेदेखि बजेट खर्च गर्नमा समस्या देखिएको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।

संघिय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ। तर स्थानीय तहले बजेट समयमा नल्याउँदा अनुदान रकम पाउनमा समस्या देखिने गरेको छ । ०००
,

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);