प्रतिनिधिसभामा आज प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नका जवाफ दिँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

प्रतिनिधिसभामा आज प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नका जवाफ दिँदै

प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।
.
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम आज प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

बिहान ११ बजे शुरु हुने बैठकमा वर्णानुक्रमअनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् । आजै बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले दिनेछन ्। ०००

Leave a Reply