टी–२० मा सन्दीपले बनाए कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

टी–२० मा सन्दीपले बनाए कीर्तिमान

सोमबार, ३ असार २०८१ नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् ।

योसँगै उनी टी–२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । साथै टी–२० मा १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर पनि बनेका हुन् ।

आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा दुई विकेट लिएसँगै लामिछाने छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

उनले ५४ टी–२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ । उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए ।

१६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै लामिछानेले विकेट पूरा गरे । त्यस अगाडि उनले १४ ओभरको दोस्रो बलमा बंगलादेशका तन्जिम हसन साकिब आउट गरेका थिए ।

अघिल्लो खेलमा चुक्दा पहिलो बलर बन्नबाट लामिछाने चुकेका थिए ।

यस अगाडि पनि नेपाली स्पीनर लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनिसकेका छन् । उनले ४२ खेल खेलेर १०० विकेट पूरा गरेर कीर्तिमानी कायम राखेका थिए । लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका थिए ।

 

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);