नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् मेयर शाह | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् मेयर शाह

२०८१ असार २ आइतबार काठमाडौँ । काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ ।

आर्थिक वर्ष २०८१र८२ का लागि गएको जेठ ३२ गते प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बोलाइएको नगरसभा बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो ।

मेयर बालेन शाहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न

चाहने सदस्यलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिनुभएको थियो ।

तर एमाले र कांग्रेसका जनप्रतिनिधिले बैठक बहिस्कार गरेपछि स्थगित भएको हो ।

मेयर शाहले नगरसभा स्थगित भएपछि केही जनप्रतिनिधिका कारण एक सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने र जे हुन्छ, त्यो हरेक नागरिकले जान्न र देख्न सक्ने गरी हुने बताउनुभयो ।

मेयर शाहले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन पनि जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);