ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८१, शुक्रबार

ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

लगातारको बर्षाका कारण रवीन साम्रा लिम्बुको घर बगाउँदा उहाँका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

पहिरोमा परि ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बुको ज्यान गएको हो ।

रातको समयमा पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको प्रहरीको आशंका छ ।

पहिरोमा परी साम्रा परिवारकै २ जना ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते भएको बताइएको छ बाढीले तमोर करिडोरका दुईसहित ६ वटा पुल र दुई वटा घर बगाएको छ । ०००

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);