गैडहवामा स्त्रीरोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८१, मंगलबार

गैडहवामा स्त्रीरोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न

सत्य नारायण मानन्धर, रुपन्देही
रुपन्देहीको गैडहवा गाउँपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा महिलाको पाठेघर तथा स्त्रीरोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । जिल्लाको गैडहवा गाउँपालिका ८ को आयोजना तथा देवीनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रको व्यवस्थापन र नेपाल परिवार नियोजन संघ बुटवल रुपन्देही शाखाको प्राविधिक सहयोगमा महिलाको पाठेघर जाँच तथा स्त्रीरोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर वडा कार्यालयको हलमा सम्पन्न भएको हो ।
शिविरमा गैँडहवा गाउँपालिका वडा नम्बर ८ का १३६ जना महिलाहरुले पाठेघर तथा यौनरोग, महिनावारी गडबडी र निःसन्तान लगायतको स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा स्वास्थ्य परीक्षण गराएका महिलाहरुलाई आवश्यक औषधिहरु पनि निःशुल्क प्रदान गरिएको थियो । शिविरमा सहभागी महिलाहरु लाई नेपाल परिवार नियोजन संघ बुटवल, रुपन्देही शाखाका प्रबन्धक तथा स्वास्थ्यकर्मी विष्णुकुमारी गुरुङ्ग तथा स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा.सतिश रुपाखेतीले परीक्षण गर्नु भएको थियो ।
वडा कार्यालयको हालको तथ्याङ्ग अनुसार लभगभ १४ सय घरधुरी रहेको वडा नम्बर – ८ मा कुल जनसंख्या सात हजार पाँच सय रहेको छ । उत्त वडामा रहेका निम्नबर्ग र पिछडिएका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखी बिश्वमा दोस्रो मृत्युको कारण बनेको पाठेघरको मुखको क्यान्सर जस्तो घातक रोगबाट महिलाहरु लाई बचाउन र सचेत गराई जनचेतना फैलाउने उदेश्यले निःशुल्क शिविर सन्चालन गरेको आयोजकले जनाएको छ ।
शिविरमा परीक्षण गराएका १३६ जना मध्ये ११ जना लाई ख्ष्ब् पोजिटिभ भेटिएको र ३ जनामा पाठेघर खस्ने समस्या भेटिएकाले ती बिरामीलाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा रेफर गरिएको छ । स्त्री तथा प्रसुति रोग बिषेशज्ञ डा.सतिश रुपाखेतीले जानकारी दिनुभयो ।
कार्यक्रममा गैडहवा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले महिलाहरु लाई स्त्री रोग तथा पाठेघरको समस्या भएपनि अरूलाई भन्न नसक्ने, लाज मान्ने तथा उपचार गराउन बाहिर जान नसक्ने हुँदा धेरै समस्या हुने भन्दै आफनै वडामा पाठेघर र स्त्री रोगको शिविर सन्चालन हुँदा धेरै महिलाहरु लाभान्वित हुने बताउनु भयो ।
महिला सम्बन्धी स्वास्थ्य शिविर तथा कार्यक्रमहरुका साथै स्वास्थ्यकर्मी र डाक्टरह वडामै ल्याएर निम्न वर्ग र पिछडिएका महिलाहरुको स्वास्थ्य परीक्षण गराउँदा पाठेघरको मुखमा हुने क्यान्सर जस्तो घातक रोगलाई निराकरण गर्न सहज हुने देवीनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख रमेश चन्द्र ज्ञवालीले बताउनुभयो ।
गैंडहवा गाउँपालिका ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा विगतका वर्षहरुदेखि नै स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सन्चालन हुँदै आएको छ । यो वर्ष पनि विभिन्न संघ संस्थाको सहयोगमा यो भन्दा अगाडि दुई वटा शिविर सम्पन्न भईसकेको छ । यो वर्ष भने यो पाठेघर तथा स्त्री रोग सम्बन्धी अन्तिम शिविर भएको भन्दै वडाका महिलाहरुले आफनो रोगको समस्या बताउन नसक्ने हुँदा आफनै गाउँ घरमा डाक्टर ल्याएर परीक्षण सञ्चालन गर्दा उहाँहरुले ढुक्क भएर स्वास्थ्य लाभ लिने सक्ने ८ नम्बर वडा का वडाअध्यक्ष भुवन बहादुर रानाले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);