वीरगञ्ज महानगरपालिका भित्रका विद्यालयहरुमा पठनपाठन बिहान साढे १० बजेसम्म मात्रै ,गर्मीका कारण उत्त समय भित्रै पठनपाठन सक्न महानगरको] निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८१, सोमबार

वीरगञ्ज महानगरपालिका भित्रका विद्यालयहरुमा पठनपाठन बिहान साढे १० बजेसम्म मात्रै ,गर्मीका कारण उत्त समय भित्रै पठनपाठन सक्न महानगरको] निर्देशन

पर्साको वीरगञ्ज महानगरपालिकाले गर्मी बढेसँगै बिहान साढे १० बजेभित्रै पठनपाठन सक्न सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरको बैठकले तराई–मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै पठनपाठन बिहानै सक्न निर्देशन दिएको हो ।

बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानै कक्षा सञ्चालन गराउन निर्देशन दिएको महानगरले जनाएको छ ।

बैठकले हाल शिक्षणको समयावधिमा हुने बिदाको मिलान पछि गर्नेगरी अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान साढे १० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न भनेको छ ।

वीरगञ्ज महानगर क्षेत्रमा यसअघि वैशाख २० गतेदेखि बिहान ६ बजेबाट बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो ।

साथै अत्यधिक गर्मीका कारण जेठ १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन बन्द गरिएको थियो । महानगरमा सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ १३८ विद्यालय छन् । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);