क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान,क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८३, बुधवार

क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान,क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान

क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका छन् ।

अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालले वेष्टइण्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ । दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जनाको टोलीमा समावेश गरी अन्तिम नामावली आईसीसीलाई बुझाएको क्यानले उल्लेख गरेको छ । ०००

Leave a Reply